‘स्टार म्युजिक एण्ड फिल्म्स अवार्ड – २०७८’ को आवेदन खुल्यो

-प्रकाश बराईली ‘अभिव्यक्ति’


रिबिसु मिडियाको आयोजनामा हुन लागेको ‘स्टार म्युजिक एण्ड फिल्म्स अवार्ड – २०७८’ को आवेदन फारम खुल्ला भएको छ । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र असोज ५ गतेसम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै साङ्गीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिने छ ।

अवार्डमा दुई दशकभन्दा लामो समय बिताएका एक श्रष्टालाई नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने कुरा आयोजक पक्षले जनाएको छ । कोरोनाको महामारीले सुस्ताएको गीत सङ्गीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर यो अवार्डको आयोजना गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।

अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिँदै आएका व्यक्तिहरुलाई सम्मान गरिने बताए । अवार्डमा २०७७ / ०७८ भित्रका गीत सङ्गीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखि हालसम्म बनेका चलचित्रलाई समावेश गरिने छ । फारम दर्ता शुल्क एक हजार रुपैया लाग्ने छ । अवार्डमा एस. एम. एस. र भोटिङ्बाट आएको अङ्कलाई ५० % र जुरीको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ । आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ । अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताएको छ । कार्यक्रममा कलाकार, पत्रकार एबं विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहने कुरा थाहा भएको छ ।