गीतकार अम्गाईको ‘माया कुरा सुनिदेऊ’ भदौ ३१ मा रिलिज हुने


भ्वाईस अफ नेपाल  सिजन ३ को ब्याटल राउण्डबाट निकै  चर्चा बटुल्न  सफल भएकी पप गायिका सञ्जु मोक्तानको स्वरमा पहिलोपटक रेकर्ड  भएको गीत माया कुरा सुनिदेऊ को भिडिओ यही भदौ ३१ गते { सेप्टेम्बर १६ तारिक }  मा m3 media Nepal ( dhruba prasad amgai ) नामक  युट्युब च्यानल   मार्फत  सार्वजनिक हुने भएको छ ।

SUBSCRIBE 👉

गत जुन २१ मा  रिलिज भएको ध्रुब प्रसाद अम्गाईको रचना तथा किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा रहेको गीत आँखा आँखा जुधी  ले निकै   राम्रो  चर्चा  कमाएको थियो । गीतकार ध्रुव प्रसाद अम्गाईले एक पछि आर्को  हिट गीतहरु  लगातार  स्रोता सामु पस्किरहेका छ्न् l

माया कुरा सुनिदेऊ गीतमा उनै अम्गाईको शब्दरचना रहेको छ भने कल्याण  सिंहको सङ्गीत र विषम आचार्यको म्युजिक एरेञ्ज रहेको छ l उक्त गीतको भिडिओमा स्वयम् सञ्जु र सन्तोश बानियाँको अभिनय र सोनाम पाख्रीनको निर्देशन  रहेको छ l जसमा बुध्द थापाले सिनेम्याटोग्राफी र भिडिओ ईडिट बिकास दाहालले  गरेका छ्न् ।