मनिषा कोईराला, विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई मानार्थ सदस्यता


नेपाल चलचित्र कलाकार सङ्घले एक विज्ञप्ति प्रकाशित गरी ख्यातिप्राप्त अभिनेत्री, राष्ट्रवादी व्यक्तित्व तथा समाजसेवी मनिषा कोईराला, चलचित्रकर्मी, समाजेवी तथा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्व विष्णुगोपाल श्रेष्ठ र चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष, निर्माता एवं चलचित्रकर्मी राजकुमार राईलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय भएको कुरा सार्वजनिक गरेको छ । आज प्रकाशित सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सो कुरा सार्वजनिक गरिएको हो l बैठक सङ्घका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको थाहा भएको छ l

यसैगरी गतसाल वर्तमान कार्यसमितिले माननीय रामवीर मनन्धर, माननीय कोमल ओली, नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याजु श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तीर्थ थापा र  बेलायतका लागि नेपालका तत्कालीन राजदूत दुर्गा बहादुर सुवेदी ( दुवसू ) लाई सङ्घको मानार्थ सदस्यता प्रदान गरेको थियो ।

चलचित्र क्षेत्र लगायत राष्ट्रीय अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सङ्घको कार्यसमितिले मानार्थ सदस्यता प्रदान गर्ने व्यवस्था सङ्घको बिधानले गरेको छ l

SUBSCRIBE 👉