गीतकार उपाध्यायले सार्वजनिक गरे फरक शैलीका ७ गीतिकविता


विश्व कीर्तिमानी गीतकार तथा कवि डा. डि.आर. उपाध्यायले मङ्गलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । यसअघि गिनीज बुक अफ वर्ल्ड रेकर्ड सहित ५२ विधामा विश्व रेकर्ड कायम गरेका गीतकार उपाध्यायले मङ्गलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।

यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको छ l उनले हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार पारिएको गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता र विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् ।

गीत/सङ्गीत तथा साहित्य सिर्जनाबाट यति धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । उनले अर्को महिनाभित्र करिव ६० वटा विश्व रेकर्ड पुर्याउँदै छन् ।