प्रभू दर्शनका लागि लालायित गायक शिशिर योगी


प्रसिद्ध गायक शिशिर योगीको स्वरमा रहेको भक्तिगीत प्रभू जी को लिरिकल भिडिओ सार्वजनिक भएको छ l भिडिओ गायक योगीकै आधिकारिक युट्युब च्यानल Shishir Yogi बाट आज डिजिटल बजारमा आएको हो l

SUBSCRIBE 👉

डा. चिन्तामणि योगीको शब्दरचना, पासाङ लामाको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको यस गीतमा शम्भु तण्डुकारको मिक्सिङ् रहेको छ भने यो गीत भक्ति गीतको एल्बम पञ्चामृत बाट लिईएको हो l लिरिकल भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले तयार पारेका हुन् l