गीतमा सिंह दरबार कब्जा हुन सक्ने चेतावनी

-तुलसी गिरी ‘भावुक’


संस्कृति कार्की र सागर अर्यालको प्रस्तुतिमा सिंह दरबार कब्जा हुन सक्छ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ l सरकारको अक्षमता र जनताका पीडा पोखिएको यस गीतमा सरकारप्रति व्यापक आक्रोश व्यक्त गरिएको छ l गीतमा सरकारले जनतामुखी भएर नगरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै यस्तै अवस्था रहिरहने हो भने सिंह दरबार कब्जा पनि हुन सक्छ भनेर ठाडै चेतावनी दिईएको छ l

   ज्ञानेन्द्र अधिकारीको शब्द तथा सङ्गीत रहेको यस गीतमा ज्ञानेन्द्र अधिकारी र जमुना बीसीको स्वर रहेको छ l Sambed Online Media युट्युब च्यानलबाट दुईदिन अघि मात्र भिडिओ रिलिज गरिएको हो l भिडिओमा धिरेन शाक्य, ऋषि धमला लगायतका कलाकारहरुको अभिनय रहेको छ l