छोरी र बुहारीमाथि गरिने विभेदको कथा ‘जसलाई मैले’

-तुलसी गिरी ‘भावुक’


केही समय यता अमेरिकालाई कर्मथलो बनाईरहेकी सुमधुर स्वरकी धनी गायिका स्वरुपा रसाईलीको स्वरमा रहेको गीत जसलाई मैले को भिडिओ डिजिटल बजारमा आएको छ l राजशान्ति फाउण्डेशनको प्रस्तुतिमा आएको यो भिडिओ आज अपरान्ह ५ बजे BB Anuragee युट्युब च्यानलबाट सार्वजनिक भएको हो l

सामाजिक कार्यका लागि स्थापित राजशान्ति फाउण्डेशनका संस्थापक राजकुमार सुनारको शब्दरचना तथा धुन सम्राटको उपाधिबाट विभूषित सर्जक बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो गीत किरण बिक र कमल थापाले रेकर्ड गरेका हुन् भने यसमा शुकराम रसाईलीको मिक्सिङ् र श्यामश्वेत रसाईलीको माष्टरिङ् तथा रिदम एरेञ्ज रहेको छ l

SUBSCRIBE 👉

भिडिओ समन अधिकारीको निर्देशन र फराज अर्पणको सिनेम्याटोग्राफी तथा सम्पादनमा निर्माण भएको हो l जसमा गौरव पहारी र उत्साह घिमिरेले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने विशाल पहारी, कमला रेग्मी, सेजल ढकाल र बाल कलाकार ग्रिष्मा खड्कालाई सहायक कलाकारको रुपमा देख्न सकिन्छ l

नेपाली समाज र परिवारभित्रको कथा बोकेको यस भिडिओमा छोरी र बुहारीलाई हेर्ने फरक दृष्टिकोण र बिना कारण बुहारीमाथि गरिने विभेदलाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरिएको छ l सामाजिक सन्देश बोकेको यस चेतनामूलक भिडिओले बुहारीलाई पनि छोरी सरह व्यवहार गर्न सबैलाई आग्रह गरेको छ l   

SUBSCRIBE 👉