वियोगान्त भावमा ‘तिम्रो याद’

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सङ्गीतकार राजकुमार बगरको सङ्गीतमा रहेको गीत तिम्रो याद को भिडिओ सार्वजनिक भएको छ l ज्ञानु गुरुङको शब्दरचना र सन्जीव बराईलीको सङ्गीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायक युवराज चुन्लागाईले स्वर दिएका छन् l यो भिडिओ केही घण्टा अघि मात्र Everest Gallery युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

SUBSCRIBE 👉

सनम कठायतको परिकल्पना र अञ्जान शर्माको निर्देशनमा निर्मित यस भिडिओमा मुकेश हुमागाईंको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सनम कठायत, पूजानाथ, सुजन श्रेष्ठ र उषा शर्माले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l गीत वियोगान्त भावमा रहेको छ l