मायाको परिभाषा खोज्दै विमल डाँगी र देवी घर्ती

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक विमल डाँगी र लोकप्रिय गायिका देवी घर्ती मगरको स्वरमा रहेको गीत माया के हो कुन्नि को भिडिओ सार्वजनिक भएको छ l भिडिओ Wanted Films युट्युब च्यानलबाट एकदिन अघि मात्र बजारमा आएको हो l आभाषको शब्दरचनामा रहेको यस गीतमा विश्वाश नेपालको सङ्गीत संयोजन रहेको छ भने सङ्गीत गायक विमल स्वयंले नै सिर्जना गरेका हुन् l मारुनी डिजिटलका प्राविधिक सुमन राना र खुमन रानाले रेकर्ड गरेको यस गीतको मिक्सिङ्/माष्टरिङ् कुमार रानाले गरेका हुन् l गायक तथा सङ्गीतकार विमल डाँगी केहीवर्ष यता सपरिवार अमेरिकामा बस्दै आएका छन् l  

SUBSCRIBE 👉

गीतको भिडिओ काजिश श्रेष्ठको निर्देशनमा तयार भएको हो l जसमा राजेश घिमिरेको सिनेम्याटोग्राफी र दीपक विष्टको सम्पादन रहेको छ भने अञ्जली अधिकारी र आभाषले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l गीतमा प्रेमले मान्छेको जीवनमा पार्ने राम्रा नराम्रा विविध प्रभावबारे जिज्ञाशा पोखिएको छ l गीतमा भनिएको छ – प्रेमपछि कहिले खुशीको वर्षा त कहिले आँशुको भेल किन हुन्छ ? प्रेम कहिले खुशीको कारण त कहिले दु:खको कारण किन बन्छ ? प्रेमले कसैको जीवनमा किन बहार त कसैको जीवनमा बर्बादी लिएर आउँछ ?  कसैलाई थाहा छ भने भन्देऊ l

SUBSCRIBE 👉