प्रमोद खरेलको स्वरमा प्रेम टुटेपछिको पीडा

तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक प्रमोद खरेलको स्वरमा रहेको गीत तिमीले माया को भिडियो सार्वजनिक भएको छ l भिडियोका निर्देशक कुमार केसीको अफिसियल युट्युब च्यानल Kumar KC बाट केहीदिन अघि मात्र भिडियो बजारमा आएको हो l अनामनगरस्थित त्रिवेणी डिजिटलमा रेकर्ड भएको यो गीतमा लोकप्रिय गीतकार/सङ्गीतकार राजकुमार बगरको शब्द/सङ्गीत रहेको छ l

SUBSCRIBE 👉

यस म्युजिक भिडियोका सिनेम्याटोग्राफर महेश महरा हुन् भने सम्पादन एवं कलर करेक्शन टेकेन्द्र शाहले गरेका छन् l भिडियोमा सिर्जना जिसी र लक्ष्मण श्रेष्ठलाई प्रमुख कलाकारको भूमिकामा देख्न सकिन्छ l

SUBSCRIBE 👉