रोमाण्टिक दृश्यको साथमा ‘यो मायाको डोरो’ सार्वजनिक

तुलसी गिरी ‘भावुक’


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको अर्को गीत यो मायाको डोरो को भिडियो सार्वजनिक भएको छ l आज अपरान्ह गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट भिडियो रिलिज भएको हो l राजन तिमिल्सिनाको सङ्गीत रहेको रोमाण्टिक भावको यस युगल गीतमा मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको छ l

भिडियोमा प्रज्ज्वलराज शाक्यको निर्देशन रहेको छ भने सह–निर्देशकको रुपमा माधव श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गरेका छन् l अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय, अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् l

SUBSCRIBE 👉

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।

SUBSCRIBE 👉