चामल केलाउन जान्ने केटी खोज्दै अर्जुन भट्टराई

तुलसी गिरी ‘भावुक’


अर्जुन भट्टराई र मेचु चिमालाको स्वरमा रहेको पूर्वेली लोकजुवारी चामल केलाउन आउँछ ? को भिडियो सार्वजनिक भएको छ l यही माघ १ गते Naach Gaan Music TV बाट भिडियो बजारमा आएको हो l यस गीतका रचनाकार अर्जुन स्वयं हुन् भने गीतमा पविधन खालिङको सङ्गीत संयोजन र महेश खड्काको सङ्गीत रहेको छ l गीत भानुभक्त ढकालले रेकर्ड गरेका हुन् l

SUBSCRIBE 👉

चामल केलाउन आउँछ ? को भिडियो उमेश गुरुङको निर्देशन, शम्भु चालिसेको छयाङ्कन र सुजन शाहीको सम्पादनमा तयार भएको हो भने भिडियोमा गीतका गायक / गायिका अर्जुन र मेचुले नै प्रमुख पात्रका रुपमा अभिनय गरेका छन् l गीतमा ग्रामिण परिवेशका महिला तथा पुरुषका लागि नभई नहुने आधारभूत र अत्यावशकीय योग्यता एवं शीपको कुरा गरिएको छ l गीतकारले पूर्व समयमा प्रचलनमा रहेको वर – वधूको योग्यताको मापदण्डलाई प्रमुख विषय बनाएर लेखेको यो गीत मौलिक, साँस्कृतिक र ऐतिहासिक छ l यसले नेपाली ग्रामिण समाजको लामो कालखण्डको तस्बीर बोकेको छ l

२०५८ सालमा गुरुदेव कामतको सङ्गीतमा आफ्नै रचनाको गीत तिमीसँग हारें मैले गाएर औपचारिक रुपमा सङ्गीत यात्रा आरम्भ गरेका अर्जुन भट्टराईले कालान्तरमा गायन र गीतरचना दुबै विधालाई समानान्तर रुपमा अघि बढाए l ओढाउँला पिरतीको बर्को तिमीलाई उनीद्वारा रचित हालसम्मकै सर्वाधिक लोकप्रिय गीत हो l उनी हाल प्रस्तोता समाज नेपालमा लेखा प्रमुखको रुपमा कार्यरत रहेका छन् l   

SUBSCRIBE 👉