रुद्रसेनको भिडियो एल्बम ‘प्रितके बन्धन’ को शुभ-साईत

-धर्वेन्द्र कुमार यादव { यदुवंशी }


नेपाली तथा मैथिली लगायतका भाषाका गीत गाएर लोकप्रिय बनेका गायक रुद्रसेन विश्वकर्माको आधा दर्जन गीत समावेश हुने भिडियो एल्बम ‘प्रितके बन्धन’ को गत पुष २४ गते जनकपुरस्थित जानकी मन्दिर परिसरमा शुभ मुहूर्त गरियो l एल्बमका ६ भिडियो मध्ये २ को छायाङ्कन समेत सम्पन्न भईसकेको छ ।

भिडियोमा गायक रुद्रसेन लगायत तराईका बहुचर्चित आधा दर्जन मोडल लजिना सुवेदी, पुजा ठाकुर, लिजा कौसल, माही खान, रोजिना क्षेत्री, डेब्यु सविका भट्टराई लगायतको मुख्य अभिनय तथा दुई दर्जन पुरुष कोरस डान्सरहरु सहितको नृत्य रहेको छ । ‘प्रीतके बन्धन’ भिडियो एल्बममा ‘प्रीतके बन्धन’-शीर्ष गीत, ‘आबन बैठ भट्भटिया’, ‘जेकराले हम अप्पन समझली ओहे ४२०’, ‘लव करे दे’, ‘हम हुँ जाइछी विदेश’ तथा ‘नमस्ते मिथिला’ बोलका आधा दर्जन गीतका भिडियो समावेश हुने छन् ।

एल्वममा समावेश रहेको दुईवटा रोमान्टिक गीत ‘आबन बैठ भट्भटिया’ र ‘लव करे दे’को भने शुटिंग सम्पन्न भएको तथा अन्यको शुटिङ हुने क्रममा रहेको गायक रुद्रसेनले बताए । निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस एल्वममा गायक, गीतकार तथा सङ्गीतकार रूद्रसेन विश्वकर्माकै एकल शब्द तथा सङ्गीत रहेको छ भने दर्जनौ सुपरहिट गीतको भिडियो निर्देशन गरिएसकेका निर्देशक प्रदिप कुमार रसाइलीको निर्देशन रहेको छ ।

छायाङ्कन सम्पन्न भएका दुबै गीतको सङ्गीत संयोजन / मिक्सिङ कुशल गायक / एरेञ्जर पारसमणिले गरेका हुन् भने दुईगीत मध्ये ‘लव करे दे’मा निर्देशक प्रदिप कुमार रसाइली र रूद्रसेनकै वहुचर्चित मैथिली गीत ‘कानोमे आहाँके झुम्का’ लगायत दर्जनौ नेपाली गीत र चलचित्रमा अभिनय गरिसकेकी नायिका रिचा थापाको रोमान्टिक डान्स रहेको छ ।

‘आबन बैठ भट्भटिया’मा गायक रूद्रसेनको एकल स्वर समावेश रहेको छ भने “लव करे दे’मा गायक रूद्रसेनलाई गायिका सोनी कुमारीले साथ दिएकी छिन् । यसैगरी ‘आवन बैठ भट्भटिया’ गायक रुद्रसेनलाई पारसमणि साथै गायक शशी झाले सामुहिक स्वरमा साथ दिएका छन् । जानकी मन्दिरबाट सुरु गरी जनकपुरको सेरोफेरोमा सम्पन्न गरिएको भिडियोमा नवीन गिरीको छायाङ्कन तथा सम्पादन रहेको छ भने ड्रोन क्यामेरा मार्फत जनकपुर वरिपरिका दृश्यलाई आकर्षक ढङ्गले राजु सर्राफले समेटेका छन् । एल्बमका गीत तथा भिडियोहरु भने गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल रुद्रसेन विश्वकर्मा मार्फत रिलिज गरिने तयारी भईरहेको छ ।

SUBSCRIBE 👉