२९९ औं पृथ्वी जयन्तीको अवसरमा साङ्गीतिक कार्यक्रम

तुलसी गिरी ‘भावुक’


२९९ औं पृथ्वी जयन्ती को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसाँस्कृतिक संस्थानले संयुक्त रुपमा हाम्रो निधि:हाम्रो संस्कृति शीर्षकमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेका छन् l प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम हिजो संस्थानको मिनी हलमा सम्पन्न भएको थियो l

 समारोहमा कलाकारहरुले लाइभ बाजाका साथमा नेवारी धुन तथा लिम्बू, भोजपुरी, तामाङ, गुरुङ, मगर र नेपाली भाषाका गीत गाएका थिए l सो लाइभ साङ्गीतिक कार्यक्रममा गायक – गायिकाहरुलाई भरत बुढाथोकी, खड्ग बुढा मगर, देव राई, नरेश प्रजापती, लोकराज राई, कृष्ण गुरुङ, दुर्गा प्रसाद खतिवडा, नरेन्द्र चौधरी र सुधिर चौधरीले वाद्यवादनमा साथ दिएका थिए l

कार्यक्रमको पहिलो साँस्कृतिक प्रस्तुति नेवारी धुन मा नरेश प्रजापती, सुजन गोपाली, दिनेश महर्जन, प्रवेश महर्जन, रोशन महर्जन, नितिक डंगोल, अनिल महर्जन र मनिक महर्जन लगायत फोकमाण्डु सोसाईटीका कलाकारहरु स्टेज उत्रिएका थिए भने दोस्रो प्रस्तुति लिम्बू भाषाको गीतमा सुमन लिम्बू, दिवस पयाङ्गु, दिपा सुहाङ र निरन्ता लिम्बूले स्वर दिएका थिए l

यसैगरी भोजपुरी भाषा को गीतमा वन्दना मैनाली, तामाङ भाषाको गीतमा छेवाङ तेन्जिङ लामा, सीता घ्लान लामा, प्रमिला दोङ लामा, जुना मोक्तान, सोनाम लामा र विजय रुम्बा, गुरुङ भाषाको गीतमा कृष्ण गुरुङ, टिका गुरुङ, भिमकला गुरुङ र क्षितिज गुरुङ, मगर भाषाको गीतमा देवीराम राना मगर, कृष्ण पुन मगर, नन्द घर्ती मगर, वीरता पुन मगर र तुलसा घर्ती मगर र नेलाली भाषाको गीत सयथरि बाजा मा शिला विष्ट, दुर्गा परियार, विपिन घिमिरे, दिपेन्द्र बज्राचार्य र तीर्थ पोखरेल साथै कार्यक्रमको अन्तिम प्रस्तुतिको रुपमा रहेको अर्को नेपाली भाषाको गीत पूर्वको माया पश्चिमलाई मा सञ्जय तुम्रोक र दुर्गा परियारले स्वर दिएका थिए l

कार्यक्रम सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईको संयोजनमा आयोजना भएको हो l