माघ १ गते ‘माया तिरिरीरी’ सार्वजनिक हुँदै


हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले माघ एक गते आफ्नो जन्मदिनको अवसर पारेर अर्को नयाँ गीत माया तिरिरीरी को भिडियो सार्वजनिक गर्दैछन् । राधा र कृष्णको काहानीमा आधारीत गीत माया तिरिरीरी फरक खालको, मौलिक र साँस्कृतिक कथामा आधारित रहेको कुरा गीतकार अम्गाईले जानाकारी गराएका छन् ।

गीतमा राज सागरको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन तथा  रचना रिमाल  र प्रताप दासको स्वर रहेको थाहा भएको छ । शिशिर श्रेष्ठको निर्देशनमा निर्मित यस भिडियोमा सुधिर श्रेष्ठ र समीक्षा पोखरेलले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । यसैगरी भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, सुबोल थापाको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ । एनाक्षी नामक युट्युब च्यानलबाट सार्वजनिक हुन लागेको यो भिडियो जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो  ।

गीतकार अम्गाईका हालसम्म बिहानीको घामको झुल्को, माया हे माया काले केटा २, तिमीलाई सन्देश, नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा, मखमली चोली, फूल दिऊँ त ओईली जाला, कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले बोलका भिडियो सार्वजनिक भईसकेका छन् ।

प्रवाशमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले जानकारी गराए ।

SUBSCRIBE 👉