‘उपत्यकाव्यापी ओपन फूटशल टुर्नामेन्ट’मा ‘हाम्रो फूटबल नेपाल’ बिजयी

तुलसी गिरी ‘भावुक’


शनिबार आयोजित उपत्यकाव्यापी ओपन फूटशल टुर्नामेन्ट २०२१ मा हाम्रो फूटबल नेपाल बिजयी भएको छ l उपत्यकाका प्रतिस्पर्धी ४७ टिमलाई पराजित गर्दै हाम्रो फूटबल नेपालले प्रथम स्थान हासिल गरेको हो l  फाइनल प्रतिस्पर्धामा हाम्रो फूटबल नेपालले हरिसिद्धि फूटशल टिमलाई ३ – ० ले पराजित गरेको थियो l हाम्रो फूटबल नेपालका टिम म्यानेजर विनोद लिम्बू रहेका थिए l

खेलमा हाम्रो फूटबल नेपालका तर्फबाट खेलाडीहरु कुशल गुरुङ, विवश पण्डित, श्रीकृष्ण श्रेष्ठ, अर्जुन रोका, किरण चौधरी, सन्जिव लामा, नोर्बु लामा र प्रितम लामा सहभागी भएका थिए भने विजेता टिमले पुरस्कार स्वरूप नगद रू. ५० हजार प्राप्त गरेको छ l समारोहमा कीर्तिपुर नगर प्रमुखले खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए l

प्रतियोगितामा विवश पण्डित म्यान अफ द म्याच र हाम्रो फूटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ उत्कृष्ट कोच घोषित भएका छन् l  

हाम्रो फूटबल नेपालले छिट्टै राज्यव्यापी रुपमा जिल्ला र क्षेत्रीय कमिटीहरु बिस्तार गर्ने र निकट भविष्यमै ठूलो धनराशीको पुरस्कार भएको राष्ट्रिय स्तरको फूटबल खेलको आयोजना गर्ने कुरा संस्थाका अध्यक्ष कृष्ण गुरुङले बताएका छन् l यस संस्थामा आवद्ध हुन चाहने फूटबलमा रुची भएका जुनसुकै उमेर समूहका व्यक्तिहरुका लागि छिट्टै अनलाइन आवेदन खुला गर्ने कुरा समेत अध्यक्ष गुरुङले जानकारी गराए l   

SUBSCRIBE 👉