‘प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७’ सम्पन्न

प्रकाश बराईली ‘अभिव्यक्ति’


गत पुष २४ गते राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७ सम्पन्न भएको छ । प्रतियोगिता अञ्चल शाहीको अध्यक्षता र संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पुरुषतर्फ १२ र महिलातर्फ १४ वटा समूहले भाग लिएको सो प्रतियोगितामा पुरुषतर्फ डोलराज बारघरे र रमेश बाबु थापा मगर पहिलो, राजु ढकाल र सुवास केसी दोस्रो साथै जीवन पन्त, नीर आले मगर, कृष्ण रेउले र पिएन सापकोटा तेस्रो बिजेता बन्न सफल भएका थिए भने महिलातर्फ देबी घर्ती पहिलो, निता गुरुङ दोस्रो, सृष्टि पुन तेस्रो, सुस्मिता घर्ती बिजयी बन्न सफल भएका थिए । पुरुषतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताहरुले कप, मेडल, प्रमाणपत्र र क्रमश: नगद रू. ३, २ र १ हजार प्राप्त गरेका थिए l यसैगरी महिलातर्फका पहिलो र दोस्रो विजेताहरुले पनि कप, मेडल र प्रमाणपत्रका साथमा क्रमश: नगद रू. १५ सय र ५ सय प्राप्त गरेका छन् l यस प्रकारको प्रतियोगिता पहिलोपटक आयोजना गरिएको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने कुरा आयोजक संस्थाले जानकारी गराएको छ l

कार्यक्रम सचिव प्रकाश दुतराजले सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए ।