‘मध्यपुर युथ क्लब’ विरुद्ध ‘हाम्रो फूटबल नेपाल’को शानदार जीत

तुलसी गिरी भावुक’


हाम्रो फूटबल नेपालमध्यपुर युथ क्लबबीच आज भएको फूटबल खेलमा हाम्रो फूटबल नेपाल टिमसँग मध्यपुर युथ क्लब २ – ० ले पराजित भएको छ l खेलको ९ मिनेटमै हाम्रो फूटबल नेपाल टिमका खेलाडी सुजन लामाले पहिलो गोल गरी टिमलाई अग्रता दिएका थिए भने खेल सकिन केही समय मात्र बाँकी हुँदा अर्का खेलाडी प्रविन स्याङ्तानले दोस्रो तथा अन्तिम गोल गरी टिमलाई २ – ० को शानदार जीतमा परिणत गरे l आजको खेलमा म्यान अफ द म्याच घोषित कुशल गुरुङले पुरस्कार स्वरूप एडीडश फुटबल सुज प्राप्त गरेका छन् l

विगत केहीबर्ष अघिदेखि फुटबल खेलमा क्रियाशील रहँदै आएको हाम्रो फूटबल नेपाल केहीदिन अघिमात्र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत रुपमा दर्ता भएको थियो l जिल्ला कमिटीहरु समेत गठन गरी संस्थालाई देशव्यापी रुपमा बिस्तार गर्ने, विशेषगरी पहाडी इलाकाका विद्यालयहरुमा फूटबल खेलको पूर्वाधार तयार गर्ने, राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी उत्पादन गर्ने र आवश्यकता अनुसार विभिन्न क्लबहरुलाई खेलाडी उपलब्ध गराउनुका साथै संस्थाले खेलप्रेमी र खेलाडीबीच पुलको काम गर्ने उद्देश्य राखेको छ l