जानकीको अध्यक्षतामा सोसाईटीको यूके शाखा गठन


नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाई विश्वब्यापी बनाउने उद्देश्यले नेपाल फिल्म सोसाईटीको यूके शाखा गठन भएको छ । नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रीय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै बेलायत निवासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठनपछि वेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भविष्यमा अन्य मुलुकहरुमा समेत शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाईटीको अन्तर्राष्ट्रिय संयोजक नायक तथा निर्माता नवराज श्रेष्ठले जानकारी गराएका छन् ।

जानकी पन्त जुनको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विक्रमदाश जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वित्तीय उपाध्यक्षमा निरज शर्मा, सचिवमा मधुसुदन थापा मगर, सह-सचिवमा गणेश गुरुङ, कोषाध्यक्षमा माया गुरुङ मिचेल, संयोजकमा राज खत्री र सदस्यहरुमा रोमियन वानेम, ध्रुवदत्त, सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् भने सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ रहेका छन् ।

युके शाखा गठन भएसँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई ऐक्यवद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लागिपर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन् ।

SUBSCRIBE 👉