जीवनको परिभाषा खोज्दै धन किरण

रघुनाथ सापकोटा


लामो समयदेखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डनबाट नै नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । धन किरण गुरुङकै शब्द,सङ्गीत तथा स्वर रहेको तिमी र म बोलको गीतको भिडियो भरखरै सार्वजनिक गरिएको हो । अल्का गुरुङले निर्माण गरेको सो भिडियोमा ध्रुवदत्त र रिया लिम्बू फिचर्ड छन् । सुमन श्रेष्ठले छायाङ्कन गरेको सो भिडियोमा प्रभु गुरुङको कोरियोग्राफी तथा निर्देशन, सुशील गुरुङको सम्पादन र नवीन निरौलाको कलर संयोजन रहेको छ । भिडियो डिजी प्रोडक्सन ले निर्माण गरेको हो ।

SUBSCRIBE 👉

जीवनका पलहरुमा आफूले सोचेका सपनाहरु सधैं पूरा नहुन पनि सक्छन् । मित्रता प्रेममा परिणत हुन पनि सक्छ र समयको बहावले आशा र भरोसाहरु निराशामा बदलिन सक्छन् भन्ने कुरा भिडियोमा चित्रण गरिएको छ । बेलायतका पहिलो नेपाली काउन्सुलर समेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भईसकेका छन् ।

SUBSCRIBE 👉