सङ्गीतकार आफैं भिडियो रोमान्समा


कुरा काट्ने मान्छेले काटुन् गीतका गायक सुवास पुरीको नयाँ गीत तिम्रो बोली को भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीत रहेको छ । सङ्गीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी सुन्दरी मोडल उषा उप्रेतीको अभिनय रहेको यस रोमान्टिक प्रेम गीतमा बैंशालु उमेरमा युवा युवती जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको देखाईएको छ l भिडियोमा देखावटी माया भन्दा पनि चोखो माया लगाउने जोडीको कथा प्रस्तुत गरिएको छ ।

SUBSCRIBE 👉

भिडियोमा सुन्दरी उषाले सोझो जस्तो देखिने दीपकलाई भित्रभित्रै मन पराइरहेकी हुन्छिन् । तर उषाले दीपकले आधुनिक शैली भन्दा सामान्य युवककै रुपमा आफूलाई चाहेको थाहा पाएपछिको प्रेमको रमाइलो पललाई निर्देशक युवराज वाइवाले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । 

देखावटी माया भन्दा मनभित्रको माया प्यारो हुन्छ भन्ने भावलाई देखाउन खोजिएको तिम्रो बोली मा एरेन्ज नरेन्द्र वियोगीको रहेको छ भने छायाङ्कन निशल पौडेलले गरेका छन् । विकाश धमलाको सम्पादन रहेको यस गीतको भिडियो गायक पुरीकै च्यानल म्यूजिक जक्सन बाट बजारमा आएको हो । गायक पुरीले यसअघि जाउँ न माया भागेर, हिमाल हल्लाउन सक्छु लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।

SUBSCRIBE 👉