विश्वास टुटेपछि उजाडियो घरबार

तुलसी गिरी ‘भावुक’


हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुव प्रसाद अम्गाईको अर्को नयाँ गीत माया हे माया को भिडियो सार्वजनिक भएको छ । राज सागरको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन एवं राज सागर र विन्दु परियारको स्वर रहेको यो गीतको भिडियो एकदिन अघि मात्र Aaha TV नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । दीप घतानीले रेकर्ड गरेको यो गीतको मिक्सिङ र माष्टरिङ पनि घतानी स्वयम्ले नै गरेका हुन् । गीतमा एक अर्काबाट टाढिएको एक जोडीले सँगै बिताएका सुनौला पलहरु सम्झिदै पीडा व्यक्त गरेका छन् ।

प्रस्तुत गीतको भिडियो शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा चिरञ्जीवी सापकोटा र सुशीला थापालाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ भने दिनेश न्यौपाने र रश्मी श्रेष्ठले सहायक कलाकारको रुपमा अभिनय गरेका छन् । जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा राजेश घिमिरेको सिनेम्याटोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा धोकापूर्ण तरिकाले पति पत्नीबीचको विस्वासको डोरी चुडालिएको छ र डिभोर्स सम्मको अवस्थामा पुगेकी महिलाले अर्कैलाई पति स्वीकारेको देखाइएको छ । तथापि छुट्टिएको जोडी विगतमा सँगै बिताएका सुनौला पलहरुको सम्झना गर्दै तड्पिएका छन् ।

गीतकार अम्गाईका हालसम्म काले केटा २, तिमीलाई सन्देश,  माया हे माया, तिरिरिरि , नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा,  मखमली चोली, फूल दिऊँ त ओईली जाला,  कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले बोलका भिडियो सार्वजनिक भईसकेका छन् । जसमध्ये केही समय अघि मात्र सार्वजनिक भएको गीत  काले केटा २ को भिडियोले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ ।

प्रवाशमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले जानकारी गराए ।