घात गर्नेकै सुखको कामना गर्दै गीतकार अधिकारी

तुलसी गिरी ‘भावुक’

वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दरचना, राजकुमार बगरको सङ्गीत, कमल सौरागको सङ्गीत संयोजन र प्रताप दासको स्वरमा रहेको गीत तिमी खुशी हुनु को भिडियो सार्वजनिक भएको छ l  यो गीत केही समय अघि रिलिज भएको एल्बम अनवरत मा समावेश छ l  

SUBSCRIBE 👉

यो भिडियो सन्तोष राजवाहकको निर्देशनमा निर्माण भएको हो l भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सृष्टि खड्का, सनिश श्रेष्ठ र प्रेम श्रेष्ठले जीवन्त अभिनय गरेका छन् l

गीतमा प्रेमको नाटक गरी धोकापूर्ण तरिकाले सम्पत्ति हत्याएर टाढिएकी प्रेमिकाको याद गरिएको छ l चोखो र निश्वार्थ प्रेमको बदलामा घात गरेर गएकी प्रेमिकासँग बिताएका मीठा पलहरुको सम्झना गर्दै उसको सुखी जीवनको कामना गरिएको छ l तथापि गीतमा पश्तात्ताप, गाली र गुनाशाहरु छैनन् l गीतका यिनै प्रेम, धोका र आदर्श भावहरुलाई भिडियोमा उतारिएको छ l

SUBSCRIBE 👉