‘गोर्खा लाइभ डट्कम’को उद्घाटन, सर्जक ‘अमर’ सम्मानित

तुलसी गिरी ‘भावुक’


नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहबीच अनलाइन पत्रिका गोर्खा लाइभ डट्कम को उद्घाटन गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले सो अनलाइनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । अनलाइन गोर्खा डिजिटल मिडिया प्रा. लि ले सञ्चालन गरेको हो । समारोहमा प्रवक्ता श्रेष्ठले बहुआयामिक सर्जक सुरेन्द्र महर्जन ‘अमर’ लाई गोर्खा लाइभ सम्मान २०७७ बाट सम्मानित गरेका थिए ।

समारोहमा अनलाइनका सम्पादक दीपक गुरुङले आफ्ना कुरा राख्दै भने- ‘निष्पक्ष समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गराउने उद्देश्यले यो अनलाइन सुरु गरिएको हो ।’ कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नारायणकाजी श्रेष्ठले सञ्चार क्षेत्र संवेदनशील र जिम्मेवार क्षेत्र भएकोले सत्यतथ्य समाचार पस्कनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम अनलाइनका सम्पादक दीपक गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मानित भएपछि साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले आभार प्रकट गर्दै गोर्खा लाइभ डट्कम को सफलताको कामना गरेका थिए । पत्रकार विनिता क्षेत्रीद्वारा सञ्चालित सो कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम बहादुर भेगा, केही पत्रकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉