उद्योग वाणिज्य महासङ्घमा सूर्य बहादुर मगरको उम्मेदवारी


नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगरले नेपाल उद्योग वाणिज्य महासङ्घकको केन्द्रीय सदस्यका लागि उमेद्वारी दिएका छन् । मगरले चन्द्र ढकालको प्यानलबाट सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिएका हुन् । लामो समयदेखि चन्द्र ढकालको टिममा रहेर विभिन्न क्षेत्रमा सहकार्य गरेको र टिमलाई नै नजिकबाट नियालेकोले सोही टिम नै बलियो रहेको बताउँदै आफूले ढकालकै प्यानलबाट उमेद्वारी दिएको कुरा मगरले बताए । सङ्गीत उद्योग क्षेत्रमा रहेका धेरै कमी कमजोरीलाई नजिकबाट नियालेको र महासङ्घको कार्यसमिति सदस्यमा विजयी भएमा त्यस्ता समस्याहरुलाई निराकरण गर्न अझ सहज हुने उनको भनाई रहेको छ । 

अध्यक्ष मगरको उमेद्वारीमा नेपाल सङ्गीत उद्योग सङ्घका पूर्व अध्यक्ष भगवान कुमार श्रेष्ठ, वर्तमान महासचिव खगेन्द्र कुमार लिम्बू, कोषाध्यक्ष मेघराज मगराती, सङ्गीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकाल र प्रस्तोता समाज नेपालका निर्वतमान अध्यक्ष तुलसी पराजुली लगायतका व्यक्तिहरुको उपस्थिती सहितको समर्थन रहेको थियो ।

SUBSCRIBE 👉