बिनित र सानुको शुभकामना गीत सार्वजनिक

सुमन श्रापित, पोखरा


गायक एवम् सङ्गीत साधक‌ बिनित जोजिजू र उनकी जीवनसङ्गीनी सानु जोजिजूको आवाजमा रहेको कोइलीले गायो बोलको शुभकामना गीतको भिडियोको बिमोचन भएको छ ।‌ जोजिजू म्युजिक सेन्टरको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न एक समारोहमा  सो भिडियो सार्वजनिक गरिएको हो ।‌

विमोचन कार्यक्रमका प्रमुख अतिथि अग्रज तबलावादक श्यामलाल श्रेष्ठले बिनित जोजिजू, सानु जोजिजू लगायत समग्र जोजिजू परिवारको नेपाली गीत – सङ्गीतमा रहेको योगदानको चर्चा गर्दै सङ्गीत ब्यवसाय सङ्ग सङ्गै गायनलाई पनि अगाडि बढाउन सुझाएका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि लोकप्रिय गीतकार / सङ्गीतकार एवं सङ्गीत प्रशिक्षक नवराज बरालले केही फरक खालको शुभकामना गीत भएको चर्चा गर्दै पारिवारिक दस्तावेज जस्तो भएपनि भिडियो अत्यन्तै सुन्दर भएको बताए । आर.सी. थापाको रचना र राकेश ‘अप्जसी’को सङ्गीत रहेको उक्त गीतको सङ्गीत संयोजन तथा मिक्सिङ‌ सामसुङ तामाङको रहेको छ ।

SUBSCRIBE 👉

जोजिजू म्युजिक सेन्टरका प्रबन्ध निर्देशक समेत रहेका गायक विनित जोजिजूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सङ्गीतकार राकेश ‘अप्जसी’, विनित जोजिजू लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी गायिका सानु जोजिजूले स्वागत मन्तव्य र लोकप्रिय गीतकार सुमन श्रापितले कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यस्तैगरी म्युजिक भिडियोमा गायक / गायिका स्वयम् विनित जोजिजू, सानु जोजिजू, उनका पुत्र उत्प्रेम जोजिजू र पुत्री उत्प्रेरणा जोजिजूको‌ अभिनय रहेको छ । यस भिडियोको‌ निर्देशन एकेन्द्र सारा शंकर र नेत्र गुरुङले गरेका हुन् । क्यामरामा दीपकमान उदास, सम्पादनमा एकेन्द्र सारा शंकर, कलरिङमा खिम बहादुर गुरुङ र पोष्ट प्रोडक्सनमा निश्चल डान्स एकेडेमी, पोखराको भूमिका रहेको छ । झण्डै दुई दशकदेखि गायकका रुपमा गीत सङ्गीतमा क्रियाशील विनित जोजिजूको बीचमा अन्य व्यवसायका कारण गायनमा संलग्नता अलि कम हुन गएको थियो ‌। पछिल्लो समयमा उनको‌ गायनकर्मको गति निकै बढिरहेको छ । यसअघि कस्तो दिन आयो बोलको गीतले राम्रो चर्चा प्राप्त गरेको थियो । उनका अन्य थुप्रै गीतहरु बजारमा आउने तयारीमा रहेको उनले बताएका छन् ।

SUBSCRIBE 👉