सीडी बिजयको स्वरमा रोमान्टिक भावको गीत ‘पुतली’

तुलसी गिरी ‘भावुक’


डा. कैलाश घिमिरेको शब्दरचनामा लोकप्रिय सङ्गीतकार राजेश थापाको सङ्गीत रहेको डान्सिङ् बिटको गीत पुतली को भिडियो सार्वजनिक भएको छ l प्रेमआकर्षण भावको यो गीतमा सर्वप्रिय गायक सीडी विजय अधिकारीले स्वर दिएका छन् भने बहुआयामिक सर्जक बीबी अनुरागीको सङ्गीत संयोजन र सबैको रोजाईका साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीको मिक्सिङ् / माष्टरिङ् रहेको छ l गीत बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो l

SUBSCRIBE 👉

सुब्रतराज आचार्यको निर्देशन, सुबोल थापाको कोरियोग्राफी र नवीन निरौलाको सम्पादनमा निर्मित रोमान्टिक शैलीको यस भिडियोमा गरिमा शर्मा, कविर खड्का र सीडी विजय अधिकारी आदि कलाकारको अभिनय रहेको छ l भिडियो Aaha TV यु ट्युब च्यानलमा अपलोड भएको छ l

SUBSCRIBE 👉