बडादशैंमा गीतकार उपाध्यायको नवदुर्गा भजन

कृष्ण भुसाल


आजदेखि नेपालीको महान् चाड वडादशैँ सुरू भएको छ । यही सन्दर्भमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैँ भजन नव दुर्गा सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको यो भजनको लिरिकल भिडियो सार्वजनिक भएको हो । सर संगीतमा रेकर्डिङ गरिएको गीतलाई पवन भाटले रेकर्डिङ गनुभएको हो भने सन्तोष पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।

SUBSCRIBE 👉