परदेशीहरुको पीडा पोख्दै कन्हैया र रेखा

तुलसी गिरी ‘भावुक’


रेखा पौडेल र कन्हैया सिंह परियारको स्वरमा रहेको दशैं-तिहार गीत राख्न त राख जमरा आमा को भिडियो सार्वजनिक भएको छ l समसामयिक परिस्थितिलाई उजागर पार्दै गीतले कोरोनाको कारण घर आउन नसकेका र टिका लाउन नपाउने अवस्थाका तमाम परदेशीहरुको मनको वह पोखेको छ l गीतकी सङ्गीतकार समेत रहेकी गायिका रेखा पौडेलले ‘दशैँमा जमरा त राख्नु तर म आउन पाउँदिन’ भन्दै आफ्ना अभिभावकहरुलाई सम्झिएकी छिन् भने अर्का गायक कन्हैया सिंहले तिहारमा आफू आउन नपाउने भन्दै बैनीको याद गरेका छन् l हृदयस्पर्शी मेलोडी र गायकी रहेको यो गीत सुन्ने जो कोहीको पनि तत्कालै मन शान्त र गम्भीर बन्छ भने मनमा कता कताबाट नमिठो हुरी चल्छ l

SUBSCRIBE 👉

गीतकार विमल गौतमले रचना गरेको यो गीतको भिडियो Rekhaa Paudel नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो भने स्टुडियोका प्रोप्राइटर समेत रहेका कुशल साउण्ड इन्जिनियर कुमार राना मगरले गीतको मिक्सिङ गरेका हुन् l

SUBSCRIBE 👉