प्रेमसमर्पण भावमा ‘इसारा काफी छ’

-कुमार आचार्य


विशाल कालतेन र प्रविशा अधिकारीको स्वर रहेको गीत इसारा काफी छ को भिडियो सार्वजनिक भएको छ । प्रदीप थुलुङको शब्दरचना र विशाल कालतेनको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेको यो गीतको मिक्सिङ् गोविन्दले गरेका हुन् ।

SUBSCRIBE 👉

AMS Tv Nepal युट्युब च्यानलबाट रिलिज भएको यस गीतको भिडियोमा महेश लामा कार्की (राज) र सत्यकला लामाले अभिनय गरेका छन् । प्रेमसमर्पण भावको यस गीतको भिडियोमा शिव ढकालको छायाङ्कन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन रहेको छ ।

SUBSCRIBE 👉