सर्जक ‘अमर’ को २६ औं कृति सार्वजनिक

तुलसी गिरी ‘भावुक’

लामो समय अघिदेखि साहित्यका लगभग एकदर्जन विधामा कलम चलाउँदै आएका सर्जक सुरेन्द्र महर्जन ‘अमर’ ले गीति भजनसङ्ग्रह ‘दर्शन’ को लोकार्पण गरेका छन् l यही असोज २८ गते बुधबार काठमाण्डौमा आयोजित एक अनौपचारिक समारोहमा सर्जक ‘अमर’ ले सो कृति सार्वजनिक गरेका हुन् l  कार्यक्रम थोरै सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको थियो भने सर्जक ‘अमर’ का साथै एल्बमका सङ्गीतकार सूर्यकमल राई, म्युजिक डायरी मासिकका प्रधान सम्पादक/प्रकाशक तुलसी गिरी ‘भावुक’, ग्ल्यामर प्लस मासिकका प्रधान सम्पादक राजाराम फुयाल, मिलाप मासिककी सम्पादक गीता अधिकारी लगायतका सञ्चारकर्मीहरुले सो भजनसङ्ग्रहको संयुक्त रुपमा लोकार्पण गरेका थिए l गीतकार महर्जनले गीति भजनसङ्ग्रह ‘दर्शन’ आफ्नो रचनाको २६ औं कृति र नवौं गीति एल्बम भएको कुरा जानकारी गराएका छन् l

सुरेन्द्र महर्जन ‘अमर’ को एकल शब्दरचना रहेको यस गीति भजनसङ्ग्रहमा ‘ ॐ नम:शिवाय, सरस्वती माता, प्रभूकै छ यो मनमा साथ र दिन बित्यो प्रभू’ गरी ४ वटा भजन सङ्ग्रह गरिएका छन् l जसमा राम कार्की र सूर्यकमल राईको सङ्गीत, राम कार्की र सञ्जय हमालको सङ्गीत संयोजन तथा सूर्यकमल राई र सुरेन्द्र स्वयम्को स्वर रहेको छ l ओएस नेपालको प्रस्तुतिमा प्रकाशन भएको यो एल्बमको बजार व्यवस्थापन राइजिङ् क्रिएटिभ मिडियाले गर्ने छ l   

SUBSCRIBE 👉