पहिलोपटक काँठे गीतमा श्रीदेव र सरिता

-तुलसी गिरी ‘भावुक’


सरिता भारती र हेम श्रेष्ठको युगल स्वरमा रहेको दशैंगीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक-श्रोतामाझ आएको छ । काँठे भाकामा तयार गरिएको यस गीतको भिडियो Hami Sabaiko Youtube नामक च्यानलबाट रिलिज गरिएको छ । डब्बु क्षत्रीको शब्दरचना, हेम श्रेष्ठको सङ्गीत, रामकृष्ण थापाको सङ्गीत संयोजन र गोविन्द सोनीको मिक्सिङ् रहेको यस गीतमा बिदेशमा रहेर बिभिन्न कारणले दशैंमा घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई समेटिएको छ ।

SUBSCRIBE 👉

लामो समय अघिदेखि गीत लेखन, भिडियो निर्देशन र पत्रकारितामा सक्रीय रहँदै आएका डब्बु क्षत्रीकै निर्देशनमा यो भिडियो तयार भएको हो । ‘मन परेपनि काँठे भाका अहिलेसम्म गाउने अवसर मिलेको थिएन l स्रोताहरुको प्रतिक्रिया कस्तो आउला भन्ने उत्सुकता बढेको छ’ यसअघि बिभिन्न शैलीका गीत गाईसकेकी गायिका सरिता भारतीले भनिन् । मौलिक भाकाका गीतबाट सरिताले केही अवार्डहरु समेत जितिसकेकी छिन् ।

यस भिडियोमा सरिता भारती स्वयंले अभिनय गरेकी छिन् भने प्रमुख पात्रका रुपमा श्रीदेव भट्टराई, विद्या कार्की र नारायण श्रेष्ठलाई देख्न सकिन्छ l पहिलोपटक काँठे गीतको भिडियोमा अभिनय गरेको कुरा अभिनेता श्रीदेव भट्टराईले बताएका छन् l

SUBSCRIBE 👉