दुर्गाको ‘काले केटा-२’ आयो । २ घण्टामै १ लाख नजिक भ्युज

-तुलसी गिरी ‘भावुक’


गीतकार ध्रुव प्रसाद अमगाईको रचनामा रहेको गीत ‘काले केटा-२ { म हिंड्दाखेरी } को भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा दुर्गा खरेल र प्रताप दासले स्वर दिएका छन् । भिडियो सङ्गीतकार अर्जुन पोखरेलकै युट्युब च्यानल The Divine Music बाट आजै साँझ रिलिज गरिएको हो भने यो समाचार लेखिरहँदा अपलोड भएको २ घण्टामै भिडियोले १ लाख नजिक नजिक भ्युज पाईसकेको छ ।

विधान कार्कीको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको यस भिडियोमा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ । केही ड्रामा सहितको यो भिडियो कथात्मक शैलीमा निर्माण गरिएको छ । जसमा दुई अभिन्न मित्र एउटै युवतीको पछि लाग्छन् । युवती आर्थिक रुपमा सम्पन्न परिवारकी छोरी हुन्छे । भिडियोको अन्त्यमा दुबै केटा युवतीको घरमा पुग्छन् । युवतीको बाबुसँग हार्दिकताकासाथ कुराकानी हुन्छ । बिहे गरेर घरज्वाईं बस्न दुबै तयार भएपछि बाबुले केटा छान्ने जिम्मा छोरीलाई नै दिन्छ । अन्त्यमा छोरीले औंलाले देखाएर एउटालाई त छान्छे, तर कसलाई छान्छे त्यो चाहिं भिडियोमा सस्पेन्स नै राखिएको छ ।

गीतकार अमगाईले केहीदिन अघिमात्र सुनिल मास्केको सङ्गीत र हेमन्त कान्छा रसाइलीको स्वर रहेको परदेशीको पीडा पोखिएको गीत ‘तिमीलाई सन्देश’ को भिडियो रिलिज गरेका थिए भने ‘माया हे माया’ र ‘तिमी राधा म कृष्ण’ बोलका दुई गीत पनि छिट्टै आउने तयारीमा रहेको थाहा भएको छ । गीतकार अमगाई लामो समयदेखि बिदेशमा रहँदै आएका छन् । नजुरेको लगनमन खोलेर गाउँ है गीतन भुल्न सक्नेघरमा कुरा,  मखमली चोली जस्ता चर्चित गीतका सर्जक ध्रुव प्रसाद अम्गाई सहयोगी, ईमान्दार, स्पष्टवक्ता र निडर व्यक्तिको रुपमा समेत चिनिन्छन् ।