गम्भीर विष्टको निर्देशनमा झुम्का झल्काउँदै रियाशा र गीता

तुलसी गिरी ‘भावुक’


म्युजिक भिडियोको क्षेत्रमा औंला भाँचेर गन्न सकिने सर्वाधिक व्यावसायिक, सिर्जनशील र लोकप्रिय कोरियोग्राफर / निर्देशकहरु मध्येका एक गम्भीर विष्टको परिकल्पना तथा निर्देशनको भिडियो झुम्का झलक्कै भरखरै सार्वजनिक भएको छ l अभिनय, भिडियो कोरियोग्राफी र निर्देशन तिनै विधामा उत्तिकै अब्बल गम्भीरको यो भिडियोमा भने उनकै सहायक सुबोल थापाले कोरियोग्राफी गरेका छन् l

SUBSCRIBE 👉

झुम्का झलक्कै मा शिव हमालको शब्द / सङ्गीत रहेको छ भने शनि विश्वकर्मा र विष्णु माझीले स्वर दिएका छन् l भिडियोमा सागर, रियाशा, चक्र र गीतालाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ l जसमा नवराज उप्रेतीको सिम्याटोग्राफी र नवीन निरौलाको भिडियो तथा कलर सम्पादन रहेको छ l HighlightsNepal बाट २ दिन अघि मात्र रिलिज भएको झुम्का झलक्कै ले यो समाचार लेखिरहँदा साँढे २ लाख भन्दा बढी भ्युज पाईसकेको छ l

SUBSCRIBE 👉