पहिलो नर्सिङ गीतमा गायिका मिना कार्की

सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले नेपाली साङ्गीतिक इतिहासकै पहिलो नर्सिङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी छिन् । गायिका कार्कीले आफ्नै युट्युब च्यानल Mina Karki Official मार्फत यही असोज १ गते भिडियो सार्वजनिक गरेकी हुन् ।

SUBSCRIBE 👉

लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ । भिडियोमा निर्मला श्रेष्ठ लगायत बिभिन्न कलाकारहरुलाई फ़िचरिङ गरिएको छ भने  वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, राम सिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो । लगभग ४ दर्जन डाक्टर / नर्सहरुको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

SUBSCRIBE 👉