नेपाली सेना सम्बन्धी लघु चलचित्र ‘रगत’ सार्वजनिक

हरेक वर्ष डिभी चिट्ठा मार्फत अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन् । तर एक युवा डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघु चलचित्र रगत सार्वजनिक भएको छ ।

सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको छ । रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ ।

SUBSCRIBE 👉

रवि कार्की, मुना नेपाल, सङ्गीता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको यो लघु चलचित्रलाई संकल भुजेलले खिचेका हुन् । चलचित्रमा कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन रहेको छ भने विक्रम कार्कीले पार्श्व सङ्गीत भरेका छन् ।

नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आम नागरिकको सकारात्मक सोच बिकास गर्नका लागि डिभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आफूले रोजेको निर्देशक बस्नेतले बताए । उनले यो भन्दा अघि लकडाउनका बेलामा कसैसँग नभेटेरै बुहारीमे वान नामका दुईवटा लघु चलचित्र बनाइसकेका छन् । रगत लघुचलचित्र पुकार टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉