कीर्तिमानी गजल ‘दुईमुटु जोडेर’ को लिरिकल भिडियो सार्वजनिक

कृष्ण भुसाल


विश्वकीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको शब्दरचनामा रहेको गजल दुईमुटु जोडेर…को लिरिकल भिडियो सार्वजनिक भएको छ । गजल कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको छ । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक भएको एल्बम चाहनाको महल मा समावेश छ ।

SUBSCRIBE 👉

प्राविधिक हिसाबले यस गजलले विश्वकै पहिलो प्रयोगात्मक गजलको रेकर्ड कायम गरेको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले यस गजलले विश्व कीर्तिमान कायम गरेको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुआत हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुआत हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुआत हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा यो पहिलो गजल हो । यो गजलले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो ।

डा. उपाध्यायले गीत सङ्गीतको क्षेत्रमा बिभिन्न ३२ वर्ल्ड रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित बिभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । यस्तै केही समय अघि सार्वजनिक भएको डा. डी.आर. उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम मायाको सागरमा को एक गीत { १२ भाषामा रहेको } ले पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गरेको थियो । डी.आर.को गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।

SUBSCRIBE 👉