साङ्गीतिक शृङ्खला ‌’बि.एस.रिदम ब्लाष्ट’ भोलिदेखि

सुमन श्रापित,पोखरा


बि.एस. ईन्टरटेण्टमेन्ट, पोखराले सञ्चालन गरेको‌ साङ्गीतिक शृङ्खला   बि.एस.रिदम ब्लाष्ट को पहिलो‌ शृङ्खला भोलि शुक्रबार सार्वजनिक हुँदै छ । आफ्नै युट्युब च्यानल बि.एस. ईन्टरटेण्टमेन्ट द्वारा सार्वजनिक हुने पहिलो‌ शृङ्खलामा पछिल्लो समयमा निकै चर्चामा रहेको‌ पोखरेली ब्याण्ड डिमर्जको प्रस्तुति रहेको छ । विशेषत नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेट्न र नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गरि‌ समग्र नेपाली गीत सङ्गीतको उठानको‌ उद्देश्यले यो कार्यक्रम गर्न लागिएको‌ कुरा बि.एस. ईन्टरटेण्टमेन्ट पोखराका सञ्चालक सन्जु सुनारले जानकारी दिए ।

पोखरामा रहेका स्थापित एवम् नव ब्याण्डहरुको प्रस्तुति रहने यस शृङ्खलामा ब्याण्डका प्राय: बिलकुलै नयाँ गीतहरु सुन्न‌ सकिने छ । रिदम ब्लाष्ट को पहिलो‌ सिजन १७औं शृङ्खलासम्मको‌ रहेको र प्रत्येक शुक्रबार शृङ्खलाबद्ध रुपले‌ अन्य‌ गीतहरु सार्वजनिक गरिने कुरा अर्का सञ्चालक विष्णु गुरुङले जानकारी गराएका छन् ।‌

यस साङ्गीतिक शृङ्खलामा डिमर्ज, आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष,ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्याण्ड र युवराज पुर्जा, सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्ज्वल जोजिजूको सहभागिता रहेको छ ।

SUBSCRIBE 👉