‘जीवन जिउने आधार’ खोज्दै गजलकार डाँगी

तुलसी गिरी ‘भावुक’

नरहरि प्रेमीको सङ्गीतमा रहेको गजल जीवन जिउने आधार को फोटो भिडियो सार्वजनिक भएको छ l सुरेश सुमन डाँगीको शब्दरचना र निशा देशारको स्वर रहेको यस गजलमा जीवन जिउनको लागि आफूले मन पराएको, आफूले माया गरेको मान्छेको साथको चाहना गरिएको छ l  ‘जिउनको लागि केही आधार चाहिन्छ l त्यो आधार भनेको तिमी नै हौ’ गजलमा भनिएको छ l श्रुति सङ्गीत विद्यालयको प्रस्तुतिमा प्रकाशित यो भिडियो सङ्गीत विद्यालयका संस्थापक तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमीकै युट्युब च्यानल Narahari Premee बाट सार्वजनिक गरिएको छ l 

SUBSCRIBE 👉