२ सय ८८ लाइनको गीत अब लिरिकल भिडियोमा

कृष्ण भुसाल


विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ गीत कर्तव्य बोध को लिरिकल भिडियो सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय अघि विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।

SUBSCRIBE 👉

डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा बिभिन्न ३२ वर्ल्ड रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित बिभिन्न ३२ विधामा उपाध्यले विश्व रेकर्डका प्रमाणपत्रहरु प्राप्त गरेका छन् ।

उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्बममा रहेका गीतमा मायाप्रेम, रोमान्स र विछोडका भाव मात्र नभएर समाजका लागि लेखिएका गीत पनि समावेश छन् ।

यसैगरी गीतकार उपाध्यायले चाडपर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत लेखेका छन् । त्यस्तै उनका मेजर स्केल र माइनर स्केलका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।

SUBSCRIBE 👉