मन्त्र ब्याण्डको नयाँ गीत ‘माया’ को भिडियो बजारमा

सुमन श्रापित, पोखरा


नेपाली गीत सङ्गीतको‌ मुख्य आधार लोक सङ्गीत नै हो l तर लोक, आधुनिक, पप, र्याप, रक सबैखाले गीतको उत्तिकै बजार छ । नेपाली गीत सङ्गीतको गरिमा उचो हुनुमा गीत सङ्गीतमा भएको‌ विविधता पनि एक हो । गीत सङ्गीतको उन्नयनको‌ लागि धेरै कलाकार कति ब्यक्तिगत रुपमा त कति ब्याण्डमा आबद्ध भएर क्रियाशील रहेका छन् । यस्तै रक शैलीको गीत सङ्गीतद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको एक अब्बल नेपाली ब्याण्ड हो मन्त्र ब्याण्ड

श्रोता तथा दर्शकको मनोभावनालाई हृदयङ्गम गरी बेला बेलामा नयाँ नयाँ गीत प्रस्तुत गर्दै आईरहेको‌ यस ब्याण्डको नयाँ गीत माया ब्याण्डको आफ्नै च्यानल MANTRA BAND OFFICIAL CHANNEL बाट भरखरै मात्र रिलिज भएको छ ।

SUBSCRIBE 👉

ब्याण्डकै स्वर सङ्गीत रहेको यस गीतको रचना सुरेश कुमार र मन्त्र ब्याण्डकै रहेको छ । भिडियोको छायाङ्कन भारतको‌ दार्जिलिङका सुन्दर‌ र रमणीय ठाउँहरुमा गरिएको‌ छ । जसको निर्देशन‌‌ शिखर छेत्रीले‌ गरेका हुन् भने भिडियोमा एलिसा छेत्री र अजय लिम्बूको अभिनय रहेको छ ।‌
ब्याण्डको‌ गायकमा भाष्कर देवान, गीतारमा प्रज्ञा लामा, बेस गीतारमा प्रभास सुब्बा, किबोर्डमा मनिष आले, बाँसुरी र सेक्सोफोनमा बिधान थापा, ड्रम्समा ब्रिजु चौधरी र साउण्ड इन्जिनियरमा अर्पण सेन्चुरी रहेका छन् । त्यसैगरी यस ब्याण्डको‌ ब्याण्ड म्यानेजर सन्जु सुनार हुन् । जो नेपाल स्थित ‌पोखरा बसेर ब्याण्डको‌ ब्यवस्थापन गरिरहेका छन् । ब्याण्डको स्थापना र सदस्यहरुको‌ बसाई भारतको‌ दार्जिलिङमा भएपनि नेपाली माटो र जन जीवनका‌ गीतहरु गाउँदै आएको कुरा ब्याण्ड म्यानेजर सन्जु सुनारले जानकारी गराए ।

यस ब्याण्डका वीर गोर्खाली, सधैं सधैं, हिमाली नेपाली, संस्कृति, प्रियसी, जबसम्म‌ आदि गीत श्रोताले अत्यन्तै रुचाएका छन् । ब्याण्डले नेपाल, भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया, दुबई लगायतका देशका अधिकांश शहरहरुमा आफ्नो‌ लाइभ प्रस्तुति दिईसकेको छ ‌।

SUBSCRIBE 👉