प्रेमगीत ‘दैव सन्जोग’ मा तीन पुस्ताको सङ्गम

तुलसी गिरी ‘भावुक’


लगभग साँढे ८ दशक उमेर पुगेका अग्रज सङ्गीतकार / गायक जगतमर्दन थापा र जुनु गौतमको युगल स्वरमा रहेको प्रेमगीत दैव सन्जोग को लिरिकल भिडियो Best Tone Music नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l सहदेव ढुङ्गानाको शब्दरचना र मनोहर सुनामको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा विकाश चौधरी, मिना सिंह, मेचु धिमाल र मनोहर सुनामले कोरस स्वर दिएका छन् भने गीतको रेकर्डिङ / मिक्सिङ भोला पौडेलले गरेका हुन् l

SUBSCRIBE 👉

यो गीत केही समय अघि लोकार्पण भएको जगतमर्दन थापाको गीति एल्बम म मक्किएको धुरी खाँबो बाट लिईएको हो l वरिष्ठ गायक / सङ्गीतकार थापाले ८४ बर्षको उमेरमा सो एल्बम सार्वजनिक गरेका थिए l थापाको हालै एकल गायनको लाइभ कार्यक्रम पनि सम्पन्न भएको थियो l यो लिरिकल भिडियो सम्पादक दिपेन बस्न्यातले तयार पारेका हुन् l अग्रज सर्जक / कलाकार थापा साँढे ८ दशक उमेरमा पनि प्रस्तुति र सिर्जनामा उत्तिकै क्रियाशील रहँदै आएका छन् भने यो गीतलाई तीन पुस्ताको सङ्गमको रुपमा पनि हेर्न सकिन्छ l   

SUBSCRIBE 👉