घायल प्रेमीहरुका लागि गीतकार अञ्जनाको उपहार ‘बसाईं सरी गयो’

तुलसी गिरी ‘भावुक’


साहित्यकार अञ्जना पौडेल ‘अनुश्रुति’ को शब्दरचना, वरिष्ठ सर्जक शक्ति बल्लभको सङ्गीत र लोकप्रिय गायक आनन्द कार्कीको स्वरमा रहेको गीत बसाईं सरी गयो को लिरिकल भिडियो विश्वव्यापी डिजिटल मार्केट युट्युबमा सार्वजनिक भएको छ l भिडियो केहीदिन अघि मात्र गायक आनन्द कार्कीको च्यानल Singer Ananda Karki मा अपलोड भएको हो l भोला पौडेलको रेकर्डिङ / मिक्सिङ र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतको लिरिकल भिडियो सम्पादक मनोज न्यौपानेले तयार पारेका हुन् l

SUBSCRIBE 👉

गीत वियोगान्त भावमा रहेको छ l जहाँ आफ्नो मनको मान्छे मुटुबाट बसाईं सरेर अन्तै गएको छ l रहरहरु अधूरा भएका छन् l मनमा आँधीहुरी चलेको छ l छाडेर जानेको तस्बीरले झन् घाऊ बल्झाएको छ अनि कहिले रुने र कहिले हाँस्ने बनाएको छ l घायल प्रेमीहरुको लागि यो गीत एकान्तको साथी हुन सक्छ l  

SUBSCRIBE 👉