नयनको तालमा डुबे गायक सरोज साजन

सुवास प्रधान


गायक सरोज साजन श्रेष्ठको नयाँ गीत माया नयनी ताल को भिडियो अहिले युट्युब ट्रेन्डिङ्मा रहेको छ । गायक स्वयमको शब्द, सङ्गीतमा साहस शाक्यको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ / माष्टरिङ रहेको लोकपप डान्सिङ फ्युजनमा तयार पारिएको यो गीत तथा भिडियोलाई दर्शक / श्रोताले अत्याधिक रुचाईरहेका छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी तथा विधान कार्कीको निर्देशन रहेको यस भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायाङ्कन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने भिडियो निर्माणको क्रममा दिपेन गौतमले निर्माण नियन्त्रकको जिम्मेवारी निर्वाह गरेका थिए ।