लकडाउनले बालबालिकामा पार्ने असरको बारेमा लघु चलचित्र

सिङ्गो देश बिगत पाँच महिनादेखि लकडाउन र निषेधाज्ञाले बन्धक बनिरहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारिरहेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् । दैनिक ज्यालादारी गरेर खाने मानिसहरु त चरम समस्यामा छन् नै, मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनिरहेको छ । तर नागरिकलाई भोको पेट भर्नु छ । मास्क र सेनिटाईजर होईन नागरिकलाई काम र माम चाहिएको छ । आम नागरिकको वर्तमान अवस्था यस्तो छ भने यो अवस्थाले बालबालिकाको भविष्यलाई कस्तो प्रभाव पार्ला ? अझ बेबारिसे बालबालिका भए के गर्लान् ?

SUBSCRIBE 👉

माथि उल्लेख गरिएको प्रसङ्ग हो भर्खरै सन्तोष राईले निर्माण गरेको लघु चलचित्र प्रेमले सिकाएको बाटो को । १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना सङ्क्रमण पछि आउँने अवस्थालाई पनि छर्लङ्ग चित्रण गर्न सफल भएको छ । यो लघु चलचित्र अन्तिमसम्म हेर्ने जो कोहीको पनि आँखा रसाउँछ ।

ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रेमले सिकाएको बाटो मा लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको जीवन्त अभिनय देख्न सकिन्छ । मोहन खालिङ र हरि बस्नेतको छायाङ्कन, कुन्दन राईको ब्याकग्राउण्ड स्कोर तथा रिकेश बज्राचार्यको सम्पादन रहेको यस लघु चलचित्रमा गणेश रिजाल, केशव फुयाँल, मानसिंह राई, दिपेन्द्र राई, रक्षक राई, जुना राई, खुशी राई, मिनु खत्री र आयुशा खत्रीको अभिनय रहेको छ ।

SUBSCRIBE 👉