गायन प्रतियोगिताको नतिजा सार्वजनिक, शिबा गिरी प्रथम

तुलसी गिरी ‘भावुक’


दशनामी { गिरी, पुरी, भारती, वन, पर्वत, तीर्थ, सरस्वती, आरण्य, सागर र आश्रम } हरुको फेसबुक ग्रुप दशनामी फनग्रुप प्लस फोटो रङ्ग महल ले दशनामी अनलाइन प्रतिभा प्रतियोगिता अन्तर्गत साउन महिनामा आयोजना गरेको गायन प्रतियोगिता को नतिजा सार्वजनिक भएको छ  l  प्रतियोगितामा शिबा गिरी पहिलो, पुष्प गिरी दोस्रो र सञ्जय गिरी तेस्रो भएका छन् भने विजेताहरुले क्रमश: नगद रू. ७ हजार, ४ हजार र २ हजार ५ सय रुपैयाको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् l यसैगरी प्रतियोगिताका शान्त्वना पुरस्कार बिजेता सुमन गिरीले पनि प्रमाणपत्रको साथमा नगद रू. १ हजार ५ सय पाउने छन् l दशनामी फनग्रुप प्लस फोटो रङ्ग महल को अफिसियल युट्युब च्यानल Nepal Dashnami बाट आज नतिजा सार्वजनिक भएको हो l

SUBSCRIBE 👉

प्राप्त जानकारी अनुसार प्रतिस्पर्धामा ३२ जना दशनामीहरुले भाग लिएका थिए l जसमध्ये अन्तिम प्रतिस्पर्धाका लागि १७ जना छनोट भएका थिए भने शिबा गिरी, पुष्प गिरी, सञ्जय गिरी र सुमन गिरी भाग्यमानी बिजेता बन्न सफल भएका हुन् l प्रतियोगिताको निर्णायकमा गायिका भूमिका गिरीले जिम्मेवारी निर्वाह गरेकी थिईन् l अमेरिकामा रहेका दीपक क्षेत्री र सारा क्षेत्रीले पुरस्कारको राशी प्रायोजन गरेको कुरा थाहा भएको छ l

फन ग्रुपले केही महिना अघिदेखि अनलाइन मार्फत भिन्न भिन्न विधामा यस प्रकारको प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ l जस अन्तर्गत भदौ महिनामा नृत्य र असोज महिनामा वक्तृत्वकला प्रतियोगिता हुने कुरा कार्यक्रम संयोजक दीपक पुरीले जानकारी गराएका छन् l ‘भदौ महिनामा हुने नृत्य प्रतियोगिता का लागि भदौ १ देखि १३ गतेभित्र भिडियो पठाउन सूचना सार्वजनिक गरिसकिएको छ’ संयोजक पुरी भन्छन् l दशनामी अनलाइन प्रतिभा प्रतियोगिता हेम गिरीको परिकल्पना, दीपक पुरीको संयोजन र आदित्य गिरीको व्यवस्थापनमा आयोजना हुँदै आईरहेको छ l

SUBSCRIBE 👉