अभिनेत्री शर्मिला मल्ल पहिलोपटक तीज गीतको भिडियोमा

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायिका देविका वन्दनाको स्वरमा सजिएको तीजगीत छम छम बजाउँदै चुरा को भिडियो सार्वजनिक भएको छ । शोभा केसीको शब्दरचना रहेको यस गीतको सङ्गीत तथा सङ्गीत संयोजन सम्राट थापाले गरेका हुन् ।

SUBSCRIBE 👉

गायिका देविका वन्दनाको यो दोस्रो तीजगीत हो । भिडियोमा नेपाली चलचित्र क्षेत्रमा ‘कान्छी’ उपनामले चिनिने अभिनेत्री शर्मिला मल्ल,  सुजना बर्देवा,  सोनीकार रन्जित र इन्ता श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । शर्मिला मल्लको भने यो पहिलो तीज म्युजिक भिडियो हो । लामो समयदेखि सञ्चारकर्ममा सक्रीय रहँदै आएका सूर्य चन्दले निर्देशन गरेको यस म्युजिक भिडियोमा शिव विकले कोरियोग्राफी गरेका छन् । भिडियोमा अजय रेग्मीको छायाङ्कन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

SUBSCRIBE 👉