फाउण्डेशनद्वारा शकुन्तला शर्मा र भैरव बहादुर थापा पुरस्कृत

भुवन चैत्य बसुन्धरा फाउण्डेशन ले अर्पण गर्ने यस बर्षको हरिश भुवन चन्द पुरस्कार चेतनारायण बसुन्धरा भुसाल पुरस्कार श्रावण २५ गते अलग अलग कार्यक्रमका बीच प्रदान गरियो । ५ दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशकभन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ । दुबै पुरस्कारको राशी जनही एकाउन्न हजार रहेको छ ।

कोभिड -१९ { कोरोना } को सङ्क्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी  फाउण्डेशनका पदाधिकारी र केही सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो । पुरस्कार र सम्मान अर्पण कार्यक्रममा कामनपा वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल र चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारको उपस्थिति रहेको थियो भने विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको उपस्थिति थियो । स्थापना बर्षको पुरस्कार राशी एकलाख त्रिपन्न हजार रूपैया गतबर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई अर्पण गरिएको थियो ।

SUBSCRIBE 👉