साहित्यकार ‘अमर’ को २५ औं कृति सार्वजनिक

तुलसी गिरी ‘भावुक’

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उपन्यास प्रेमको भाइरस को लोकार्पण भएको छ l बहुचर्चित साङ्गीतिक कार्यक्रम ईन्द्रेणी को पुतलीसडक, न्यु प्लाजास्थित स्टुडियोमा आयोजना गरिएको एक समारोहमा गत शुक्रबार सो उपन्यासको लोकार्पण गरिएको हो l पुस्तक प्रकाशन गर्ने संस्था ओएस नेपाल का प्रतिनिधि विवेक कार्कीको सभापतित्व तथा ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको प्रमुख आतिथ्यमा सो लोकार्पण समारोह सम्पन्न भएको थियो l समारोहमा गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोशन कुमार र सञ्चारकर्मीहरु राजु श्रेष्ठ, दीप गुरुङ, मिलन के. सी. आदिको उपस्थिति रहेको थियो l

उपन्यासमा संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस र फरक तथा अनौठो प्रेमकथालाई मुख्य विषयवस्तु बनाईएको कुरा उपन्यासकार अमर ले जानकारी गराएका छन् l उपन्यासले समसामयिक बिषयहरुलाई समेत समेटेको कुरा अमर ले बताए l ‘लकडाउनको समयलाई सदुपयोग गर्दै दुई महिना लाएर यो उपन्यास लेखेको हुँ’ उपन्यासकार सुरेन्द्रले समारोहलाई जानकारी गराएका थिए  l प्रेमको भाइरस साहित्यका अनेक विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’ को २५ औं कृति हो l

SUBSCRIBE 👉