इन्दु र राम कुमारको स्वरमा तीजगीत ‘यसपालीको तीज स्वाहा’

हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै छ । तीजलाई गीतसङ्गीत, नाचगान, दिदीबहिनीको खुशी र वह पोख्ने अनि माइती र चेलीको मिलनको पर्वको रुपमा बुझिन्छ । हाम्रो साङ्गीतिक बजारमा तीज आउनुभन्दा दुईतीन महिना अघिदेखि नै गीतका भिडियोहरु प्रकाशन गर्ने प्रचलन भएपनि कोरोनाको कारण यो वर्ष तीजका गीतहरु अघिल्ला वर्षहरुमा भन्दा केही ढिलागरी आए l संख्यात्मक रुपमा पनि अघिल्ला बर्षहरुमा भन्दा थोरै मात्रामा तीज गीतहरु बजारमा आएका छन् ।

SUBSCRIBE 👉

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमा पनि निकै ठूलो असर गरेको छ । यही कारण तीजका गीत थोरै र केही ढिला आएका हुन् । यही क्रममा रामकुमार नेपाली र इन्दु बानियाको आवाजमा कमेडी तीजगीत यसपालीको तीज स्वाहा सार्वजनिक भएको छ ।

गीतमा कमेडी तरिकाले तीजमा आफ्नो आर्थिक अवस्था अनुसार खर्च गरौँ, तडकभडक नगरौं र आफूसँग जे छ त्यसैमा सन्तुष्ट बन्न सकौं भन्ने सन्देश व्यक्त गरिएको छ l भिडियोमा स्वयम् राम कुमार नेपाली, इन्दु बानिया, उत्शा घिमिरे, फनिराम बिक र रोशनी नेपाली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

गीतमा प्रेम कटवालको शब्द तथा बिबि अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । भिडियो ताराकान्त बिकको निर्देशन र विवेक बिकको छायाङ्कनमा तयार भएको हो भने BB Anuragee युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉